४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

कला र संस्कृतिबिना देशको पहिचान हुन सक्दैनः अभिनेता गोविन्दा

कला र संस्कृतिबिना देशको पहिचान हुन सक्दैनः अभिनेता गोविन्दा
अ+ अ-

काठमाडौँ । भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अभिनेता गोविन्दाले दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताउनु भयो । उहाँले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसावबाट अघि बढाउन आवश्यक रहेको पनि बताउनु भयो । कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताउनु भयो ।

उहाँले कलाकारहरुले व्यापार,व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारकाक धनदाता मातापिता उद्योगी,व्यपारीहरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्छ । नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस् । नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो । जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस् । कला संसारको अभिन्न अंग हो । नयाँ विचारहरुले भरिएको हुन्छ । कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ । पैसा भएर पनि पहिचान हुँदैन । तर कला यस्तो चिज हो जसले दुवै दिन्छ ।’

भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आउनुभएको हो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहनुभएको छ ।