१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ तले ट्वीन टावर नौ सेकेन्डमै ध्वस्त !



अ+ अ-

एजेन्सी । भारतको ट्वीन टावरका रुपमा परिचित नोएडाका २ वटा विशाल भवन भत्काइएको छ । नोएडाको सेक्टर ९३ एको सुपरटेक टावरलाई सर्वोच्च अदालतको आदेशपछि भत्काइएको हो ।

१०० मिटरभन्दा अग्लो दुवै टावर ध्वस्त हुन करिब नौ सेकेण्ड मात्र लागेको छ । बिहान ७ बजे आसपासको सोसाइटीमा बसोबास गर्ने करिब ७ हजार मानिसलाई विष्फोट जोनबाट हटाइएको थियो । नेपाली समायानुसार २ः४८ बजे भवन भत्काइएको हो ।

विस्फोट हुँदा भवन भग्नावशेषमा परिणत भएको छ । कुतुबमिनारबाट ट्वीन टावरबाट ठ्याक्कै ९ मिटर टाढा छ । यहाँ ६५० फ्ल्याटमा लगभग २५०० मानिसहरू बस्छन् । यहाँका जनता सबैभन्दा बढी पीडित छन् ।

ट्विन टावर भत्काउने जिम्मा एडिफिस नामको कम्पनीले पाएको थियो । आयोजना प्रबन्धक मयुर मेहताको निगरानीमा यो काम भइरहेको छ । भवनमा ३ हजार ७ सय केजी बारूद भरिएको थियो । पिलरहरुमा लामो प्वालहरू बनाई बारूदले भरिएको थियो ।

३१ अगस्त २०२१ मा, सर्वोच्च अदालतले नोएडा सेक्टर ९३ ए मा निर्मित ट्विन टावरहलाई गैरकानूनी घोषित गर्दै भत्काउने आदेश दिएको थियो । ट्विन टावर छेउमा रहेको सोसाइटीका आरडब्लुएले ती टावरहरु अवैध रुपमा निर्माण भएको भन्दै अदालतमा उजुरी दिएका थिए ।

तस्बिरमा ध्वस्त हुनुभन्दा अघिको भवन