२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले असर पर्नसक्छ – प्रधानमन्त्री देउवा

अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले असर पर्नसक्छ – प्रधानमन्त्री देउवा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू–राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले सचेत रहन निर्देशन दिनुभएको छ ।

महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित दुईदिने कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्दै उहाँले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको सानो परिर्वतनले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा असर पर्नसक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल सञ्चालनमार्फत भविष्यमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञ उत्पादन हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौँ–तराई–मधेस द्रुतमार्गलगायतका विभिन्न राष्ट्रिय सडक करिडोरको निर्माणमा सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
 
मुलुकका सडक पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न सेना सक्षम रहेको उल्लेख गर्दै उहाँले सेनाको पहलकदमीमा स्थापना हुन लागेका आयोजनामा आवश्यक स्रोतसाधनको अभाव हुन नदिने दृढता व्यक्त गर्नुभयो ।
 
उहाँले ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम यथाशीघ्र सम्पन्न गरी सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्नसमेत सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेश अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको छ, त्यसबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सदैव तयारी अवस्थामा छ ।”
 
बैठकमा विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नुहुनेछ ।

शुभारम्भ कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, पिएसओज रथीवृन्द, सबै कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्रका बाहिनी अड्डाका बाहिनीपतिको सहभागिता छ ।