१० भाद्र २०८३, बुधबार
,
Latest
राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोएडाको ३२ तले ट्वीन टावर आज ध्वस्त पारिँदै



अ+ अ-

एजेन्सी । भारतको ट्वीन टावरका रुपमा परिचित नोएडाका २ वटा विशाल भवन आज भत्काइँदैछ । नोएडाको सेक्टर ९३ एको सुपरटेक टावरलाई सर्वोच्च अदालतको आदेशपछि भत्काउन लागिएको हो ।

१०० मिटरभन्दा अग्लो दुवै टावर ध्वस्त हुन १२ सेकेण्ड मात्र लाग्नेछ । बिहान ७ बजे आसपासको सोसाइटीमा बसोबास गर्ने करिब ७ हजार मानिसलाई विष्फोट जोनबाट हटाइएको छ । अब ट्विन टावर नजिक जान सबैलाई प्रतिबन्धित गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले ट्विन टावर नजिक प्रहरी मात्रै तैनाथ छन् । दिउँसो १ बजे डेढ किलोमिटरको दायरा भित्रका सबैलाई हटाइनेछ । त्यहाँ भत्काउने टोली मात्र उपस्थित हुनेछ ।

विस्फोट हुँदा भवन भग्नावशेषमा परिणत हुनेछ । कुतुबमिनारबाट ट्वीन टावरबाट ठ्याक्कै ९ मिटर टाढा छ । यहाँ ६५० फ्ल्याटमा लगभग २५०० मानिसहरू बस्छन् । यहाँका जनता सबैभन्दा बढी पीडित छन् ।

ट्विन टावर भत्काउने जिम्मा एडिफिस नामको कम्पनीले पाएको छ । आयोजना प्रबन्धक मयुर मेहताको निगरानीमा यो काम भइरहेको छ । भवनमा ३ हजार ७ सय केजी बारूद भरिएको उनीहरुको भनाइ छ । पिलरहरुमा लामो प्वालहरू बनाई बारूदले भरिनेछ । ‘फ्लोर टु फ्लोर’ जडान पनि गरिएको छ ।

३१ अगस्त २०२१ मा, सर्वोच्च अदालतले नोएडा सेक्टर ९३ ए मा निर्मित ट्विन टावरहलाई गैरकानूनी घोषित गर्दै भत्काउने आदेश दिएको थियो । ट्विन टावर छेउमा रहेको सोसाइटीका आरडब्लुएले ती टावरहरु अवैध रुपमा निर्माण भएको भन्दै अदालतमा उजुरी दिएका थिए ।