• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल ★   मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित ★   ‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’ ★   गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ ★   ‘टाइटानिक’ मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन ★   नेपालले हिमालका मुद्दामा समान स्वार्थ भएका मुलुकलाई संगठित गर्नुपर्छ: जलवायुविज्ञ ★   प्रेस तटस्थ, स्वतन्त्र र सबल हुदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ: राष्ट्रपति पौडेल ★   महिलाको लगानीमा सरफ उद्योग सञ्चालन ★   आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा ★   सभामुखले बोलाए प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताको बैठक

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ– उपप्रमुख सुनिता डंगोल



काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो साथ रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफू काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा रहेको उल्लेख गर्दै भन्नुभएको छ, “त्यसैले कानून कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।”

उपप्रमुख डंगोलले केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग आफूलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति ध्यानाकर्षण भएको भन्दै एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्नुभयो ।

उहाँले जारी गर्नुभएको अपिल यस्तो छ :

अपिल
सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ ।

त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु ।

तर, केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन ।

यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।