१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठकमा एमसीसी बारे छलफल हुने , संसद बैठक छल्न अर्थमन्त्री पर्वतमा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथी  छलफल हुने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

आइतबारको बैठकमा टेबल गर्ने समयमा अनुपस्थित हुनु भएका मन्त्री  शर्मा संसदको बैठक छल्न पर्बत पुग्नु भएको छ । अर्थमन्त्रीका तर्फबाट संञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताब पेश गर्ने संसद सचिवालय श्रोतले जनाएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। पेचिलो बनेको एमसीसी यस गत आइतबारको बैठकमा टेबल गरिएको थियो ।