१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठकमा एमसीसी बारे छलफल हुने , संसद बैठक छल्न अर्थमन्त्री पर्वतमा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथी  छलफल हुने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

आइतबारको बैठकमा टेबल गर्ने समयमा अनुपस्थित हुनु भएका मन्त्री  शर्मा संसदको बैठक छल्न पर्बत पुग्नु भएको छ । अर्थमन्त्रीका तर्फबाट संञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताब पेश गर्ने संसद सचिवालय श्रोतले जनाएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। पेचिलो बनेको एमसीसी यस गत आइतबारको बैठकमा टेबल गरिएको थियो ।