७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु एक लाखको चेक पत्रकार दाहाललाई हस्तान्तरण



अ+ अ-

विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले सवारी दुर्घटनामा परेक सञ्चारकर्मी मनोज दाहाललाई रु एक लाख आज हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र युनियनको शाखा सभापति पवन अधिकारीसहितको टोली आज निजकै निवासमा पुगी सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा सङ्गठन आवश्यक पर्ने उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि मसँग संस्था र समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्नुभयो । बीमाले उलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूतिले पनि ठूलो हौसला मिल्ने चर्चा गर्दै उहाँले प्रेस युनियनको कामको प्रशंसा गर्नुभयो ।

अध्यक्ष पोखरेलले पत्रकारको समस्यामा राज्यको लगानी आवश्यक छ भन्दै पत्रकार आफैँ पनि आर्थिकदेखि सामाजिकरूपमा परिपक्व बन्नुुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रेस युनियन सुनसरी शाखाका सभापति अधिकारीले युनियनले पत्रकारहरूको हकहितलगायत विभिन्न रचनात्मक कार्य गर्दै आएको स्मरण गर्दै बीमाकम्पनीसँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका दुई सय ७४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो ।

उहाँले कोरोनाकालमा ३० सञ्चारकर्मीलाई कोरोना बीमावापत रु ३० लाख हस्तान्तरण गरिसकेको जानकारी दिँदै सवारी दुर्घटनामा परी घाइते हुनुभएका दाहालको उपचारमा सम्भव भएसम्म मद्दत गरेको बताउनुभयो । रासस