२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज मध्यान्न १२ बजे बैठक बस्ने भएको हो ।

एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक एमाले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।

यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ । 

यस्ता छन् बैठकका एजेन्डाहरु 
१. बुंदे कार्यन्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने,
२. पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेसन बारे छलफल हुने,
३.पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कार्वाही प्रक्रिया अगाडि बढाउने ।