२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज मध्यान्न १२ बजे बैठक बस्ने भएको हो ।

एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक एमाले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।

यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ । 

यस्ता छन् बैठकका एजेन्डाहरु 
१. बुंदे कार्यन्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने,
२. पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेसन बारे छलफल हुने,
३.पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कार्वाही प्रक्रिया अगाडि बढाउने ।