२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपा नेत्री फोगाटको बलात्कारपछि हत्या भएको दाबी, आरोपित पक्राउ



अ+ अ-

एजेन्सी । भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फोगाटको शव परीक्षण (फोष्टमोर्टम)का क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ ।

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य बिधानसभामा पराजित उम्मेदवार थिइन् ।

प्रहरीका अनुसार सन्दिग्ध ती दुबै जनालाई बिहीवार साँझ पक्राउ गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उहाँलाई सँगै रहेका दुईमध्ये एक जनाले जवर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।

पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन् । प्रारम्भिक रिपोर्टहरूमा उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो ।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाट कै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए ।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका छन् ।

उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरे ।

ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए ।

त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन् ।