२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले बिग बास लिगमा हुरिकेन्सबाटै खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगको नयाँ सिजनका लागि होबार्ट हुरिकेन्ससँग सम्झौता नवीकरण गरेका छन् । 

बिग बास लिगको क्लब हुरिकेन्सले सन्दीपलाई पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा अनुबन्ध गरेको हो ।

सन्दीपले अघिल्लो सिजन होबार्ट हुरिकेन्सबाटै खेलेका थिए । उनले गत सिजन आठ खेलमा ८ विकेट लिएका थिए । यद्यपि सन् २०१८ मा मेलबर्न स्टार्सबाट अष्ट्रेलियन बिग बास लिगमा सन्दीपलृ डेब्यु गरेका थिए । बिग बास लिग खेल्ने उनी पहिलो नेपाली खेलाडी समेत हुन् ।

सन्दीपको टोलीमा स्कट बोल्यान्ड, टिम डेबिड, नाथन इलिस, पिटर ह्यान्डसकोब, कालेब जेवेल, जोश कान, बेन म्याक्डेरमोट, रिले मेरिडिथ, मिच ओवेन, जोएल पेरिस,  विल पार्कर, डी’आर्की शोर्ट, म्याथ्यु वेड र म्याक राइट अनुबन्ध भइसकेका छन् ।

सन्दीप अहिले नेपाली राष्ट्रिय टिमसँग ओमानमा छन् । नेपालले ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्ध त्रिदेशीय शृंखला खेल्नेछ ।

अष्ट्रेलियन बिग बासको नयाँ सिजन आउँदो डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुनेछ ।