२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले बिग बास लिगमा हुरिकेन्सबाटै खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगको नयाँ सिजनका लागि होबार्ट हुरिकेन्ससँग सम्झौता नवीकरण गरेका छन् । 

बिग बास लिगको क्लब हुरिकेन्सले सन्दीपलाई पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा अनुबन्ध गरेको हो ।

सन्दीपले अघिल्लो सिजन होबार्ट हुरिकेन्सबाटै खेलेका थिए । उनले गत सिजन आठ खेलमा ८ विकेट लिएका थिए । यद्यपि सन् २०१८ मा मेलबर्न स्टार्सबाट अष्ट्रेलियन बिग बास लिगमा सन्दीपलृ डेब्यु गरेका थिए । बिग बास लिग खेल्ने उनी पहिलो नेपाली खेलाडी समेत हुन् ।

सन्दीपको टोलीमा स्कट बोल्यान्ड, टिम डेबिड, नाथन इलिस, पिटर ह्यान्डसकोब, कालेब जेवेल, जोश कान, बेन म्याक्डेरमोट, रिले मेरिडिथ, मिच ओवेन, जोएल पेरिस,  विल पार्कर, डी’आर्की शोर्ट, म्याथ्यु वेड र म्याक राइट अनुबन्ध भइसकेका छन् ।

सन्दीप अहिले नेपाली राष्ट्रिय टिमसँग ओमानमा छन् । नेपालले ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्ध त्रिदेशीय शृंखला खेल्नेछ ।

अष्ट्रेलियन बिग बासको नयाँ सिजन आउँदो डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुनेछ ।