• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

प्रदीप खड्काको आक्रोशः चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ



काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताउनुभएको हो । अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको गुनासो गर्नुभयो ।

उहाँले प्रकाशलाई ३ बजेपछिको शोजहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताउनु भयो । उहाँले ठूलो हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको बताउनु भयो । उहाँले प्रकाश फिल्म पैसा कमाउनका लागि नभइ कर्णालीको कथा देखाउने मुल उद्देश्य रहेको बताउनु भयो । उहाँले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिधा भन्दा ओपन कम्पिटिशन हो । बाहिरको फिल्म पनि आएका छन्, हामी पनि जान्छौँ । सामान्य कुरा हो । तर बायसनेस भयो कि भएन भन्नेकुरा मात्रै हो मेरो । हाम्रो फिल्म मास अपिलिङ भनेर लाग्दैन होला । तर यो फिल्म झुर नै हो, फिल्म इण्डस्ट्रिको लागि कलंक नै हो भनेर पनि त कसैले भन्न त सक्दैन नि । त्यसरी ट्याग लगाउन त भएन नि ।

उहाँहरुले फिल्म हेर्नुभएको छैन, अडियन्सले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । हामी हिजोबाट बोल्न थालेपछि सिनारियो चेन्ज भएको छ । हामीले फिल्म प्रदर्शनी गर्दा परिस्थिति अर्कै थियो । ३ बजेपछि प्रकाशको शो नै छैन । सबैभन्दा ठूलो हलहरुले शो दिएका रहेनछन् । फिल्म बनाएका छौँ ।

हल नपाएपछि अब हल त बनाउन सकिँदैन, चोकचोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनपर्ने भएको छ । हामीलाई पैसा कमाउने होइन, कर्णालीको कथा देखाउनु थियो । यदी शो पाइएन भने चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने हो । कतै न कतै नियतमा खोट छ ।’ अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको दाबी गर्नुभयो ।