४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

प्रदीप खड्काको आक्रोशः चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ

प्रदीप खड्काको आक्रोशः चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ
अ+ अ-

काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताउनुभएको हो । अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको गुनासो गर्नुभयो ।

उहाँले प्रकाशलाई ३ बजेपछिको शोजहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताउनु भयो । उहाँले ठूलो हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको बताउनु भयो । उहाँले प्रकाश फिल्म पैसा कमाउनका लागि नभइ कर्णालीको कथा देखाउने मुल उद्देश्य रहेको बताउनु भयो । उहाँले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिधा भन्दा ओपन कम्पिटिशन हो । बाहिरको फिल्म पनि आएका छन्, हामी पनि जान्छौँ । सामान्य कुरा हो । तर बायसनेस भयो कि भएन भन्नेकुरा मात्रै हो मेरो । हाम्रो फिल्म मास अपिलिङ भनेर लाग्दैन होला । तर यो फिल्म झुर नै हो, फिल्म इण्डस्ट्रिको लागि कलंक नै हो भनेर पनि त कसैले भन्न त सक्दैन नि । त्यसरी ट्याग लगाउन त भएन नि ।

उहाँहरुले फिल्म हेर्नुभएको छैन, अडियन्सले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । हामी हिजोबाट बोल्न थालेपछि सिनारियो चेन्ज भएको छ । हामीले फिल्म प्रदर्शनी गर्दा परिस्थिति अर्कै थियो । ३ बजेपछि प्रकाशको शो नै छैन । सबैभन्दा ठूलो हलहरुले शो दिएका रहेनछन् । फिल्म बनाएका छौँ ।

हल नपाएपछि अब हल त बनाउन सकिँदैन, चोकचोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनपर्ने भएको छ । हामीलाई पैसा कमाउने होइन, कर्णालीको कथा देखाउनु थियो । यदी शो पाइएन भने चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने हो । कतै न कतै नियतमा खोट छ ।’ अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको दाबी गर्नुभयो ।