२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले अराजक गतिविधिलाई बढावा दिईरहेका छन्ः मीनबहादुर विश्वकर्मा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिईरहेको टिप्पणी गर्नु भएको छ ।

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताउनु भयो । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उहाँको भनाई थियो । नेता विश्वकर्माले भन्नु भयो, ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव । हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अव भोलीदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त । गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ ।

स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयोभने के हुन्छ ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौै ? हामीले छलफलयता केन्द्रित नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिईरहेका छौं । त्यसलाई विधि अनुसार चलाउनु पर्छ । गल्ती गर्नेलाई पत्र काटे भयो । उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भईहाल्यो । यतातिर ध्यान दिन जरुरी छ ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासो समेत गर्नु भयो । उहाँले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पु¥याउनेतर्क समेत गर्नु भयो ।