५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप तीन सय २४ मा कोरोना सङ्क्रमण पुष्टि



file
अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन सय २४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय १५ को नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७३ ले पिसिआर र एक हजार आठ सय ४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १५ हजार नौ सय ३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय १८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८० हजार छ सय ६३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय ४३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९९ पुगेको छ । होम आइसोलेसनमा तीन हजार सात सय ६६, संस्थागत आइसोलेसन एक सय ७७, आइसियुमा ५० र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, डोल्पा, मुग र जाजरकोट रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार दुई, ललितपुरमा छ सय आठ र भक्तपुरमा ४५ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।




भर्खरै