११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै



अ+ अ-

काठमाडौँ । पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजे बस्ने बैठकले  आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ । निर्वाचन आयोगबाट बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार परिवर्तित अवस्थामा पार्टीको भूमिका, आफूले उठाउँदै आएका माग तथा वर्तमान सरकारमा सहभागिता आदि विषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टीले आफ्ना माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागिता जनाउन सकिने सङ्केत गरिसकेको छ ।

यस विषयमा औपचारिक धारणा आइसकेको छैन । महन्थ ठाकुरका अध्यक्षतामा स्थापना भएको पार्टीको ३१ सदस्यीय कार्यकारिणी समिति छ । सो पार्टीका वरिष्ठ नेताद्वयमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहनुभएको छ । यसैबीच जसपाबाट विभाजन भई नयाँ गठन भएको लोसपा केन्द्रीय कार्यालय साविकबमोजिम बबरमहलमा रहने भएको छ ।