३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.12

Humidity: 31

Latest
‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राजश्व उठाएर खर्च धान्न सकस पर्यो, बजेट निर्माणमा अनुशासनतर्फ फर्कन विलम्व नगरौंः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओझेलमा बागलुङको दिदीबहिनी झरना



अ+ अ-

बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।

यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम दिदीबहिनी झरना राखेका छन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीनघण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ ।

मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमसः माइली, साइँली र कान्छी भन्ने गरिएको छ । स्थानीयले सबैको नाम एकमुष्ठरुपमा ‘दिदीबहिनी’ राखेको स्थानीय बताउँछन् । झरना जङ्गलको बीचमा रहेको हुँदा स्थानीयले घाँसदाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए । वर्षौं अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन ।

झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा बर्सातको समय सयौँ गाईभैँसी र भेँडाबाख्रा बाध्ने गरिन्छ । चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोजस्थलका रुपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन् । यो झरना पैदलयात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ ।

ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रचार गर्न थालेको छ । यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ । पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले पर्यटक आकर्षित गर्न वडाले पदमार्ग, सडक निर्माण गर्ने बताउनुभयो ।

अध्यक्ष बुढामगरले झरनालाई थप व्यवस्थित बनाउने र त्यस वरपर पार्कसमेत निर्माण गर्ने योजना बनाएको बताउनुभयो । “लामो समयदेखि यो झरना ओझेलमा छ, यसको प्रचारप्रचार र विकासका लागि हामी निर्वाचित भएर आएदेखि निरन्तर लागि रहेका छौँ, योजना बनाइरहेका छौँ, सबैभन्दा पहिले पर्यटक झरनासम्म पुग्न पदमार्ग निर्माण र सडक निर्माण गर्नु पर्ने छ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “विस्तारै त्यस वरपर पार्क निर्माण गर्ने, झरनालाई व्यवस्थित बनाउने योजना बनाएका छौँ आगामी वर्षको बजेटमा यसलाई विशेष प्राथमिकतामा राख्ने छौँ ।”

झरना भएको स्थान करिब तीन हजार मिटरको उचाइमा पर्छ । यहाँसम्म पुग्न सडक तथा पदर्माग निर्माण भए हिउँद बर्खा दुवै यामलाई सजिलो हुनेछ । यी झरनालाई बाहिर चिनाउन सकिए हिउँदमा हिउँ खेल्न र बर्सातमा गर्मी छल्न तथा हरियाली मौसमसँग रमाउनका लागि बागलुङ बजार र त्यो भन्दा परबाट पनि पुग्न सजिलो हुने देखिन्छ ।