२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि… भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेत १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन अवैध काठ बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । जसकारण महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराएको हो ।

बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु समेत हटाएको छ ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) आफैं भने फिल्डमा उत्रिएका छैनन् । महानगरका नगरप्रहरीहरु पार्किङ खाली गराउनका लागि खटिएका छन् । एसपी राजू पाण्डेको नेतृत्वमा नगरप्रहरीको टोली विभागमा पुगेको हो ।