२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससलाई मास्क सहयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत सञ्चारकर्मीका लागि साइनो नेपाल मिडिया सोसाइटीले मास्क उपलब्ध गराएको छ । राससका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईलाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेल र महासचिव दीपक रिजालले छ हजार थान मास्क आज हस्तान्तरण  गर्नुभयो । 
 
 सो अवसरमा अध्यक्ष अधिकारीले कोरोना सङ्क्रमण जारी रहेका  बेला सोसाइटीले उपलब्ध गराएको मास्क साङ्केतिक मात्र नभई व्यावहारिक पक्षबाट पनि निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “नेपालका आध्यात्मिक ज्ञान, प्राकृतिक सौन्दर्य र अन्य स्रोतसाधनबारे छिमेकी मुलुकमै पनि स्पष्टता नरहेकाले सोसाइटीजस्ता संस्थाले त्यसको प्रवद्र्धनका लागि काम गर्नुपर्छ । नेपाली पत्रकारितालाई विश्वका लागि चासो छ । ”

मास्क मूल्यमा सस्तो भए पनि अग्रपङ्क्तिमा रहेर काम गर्न  पत्रकारलाई बचाउने मामिलामा त्यतिनै महँगो रहेको  जनाउँदै अध्यक्ष अधिकारीले चाइना च्यारिरिटी फेडरेशन र चाइना गुडविल फाउण्डेशनलगायत संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
 
 च्यारिरिटी फेडरेशन र गुडवील फाउण्डेशनको सहयोगमा मास्क सोसाइटीलाई प्राप्त भएको हो । साइनो नेपाल मिडिया सोसाइटीले संस्थालाई प्राप्त मास्क नेपाल पत्रकार महासङ्घ, केही अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गर्ने छ ।