२८ भाद्र २०८३, आईतवार
,
Latest
ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिकारीहरुलाई निष्कासित गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन: माधब नेपाल



अ+ अ-

काठमाडौ  ।  नब गठित नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले पार्टीका क्रान्तिकारीहरुलाई निष्कासित गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भएको छ । दल दर्ता भएको भोली पल्ट पत्रकार सम्मेलन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो 'एमाले अध्यक्ष ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु पर्ने बाध्यता भयो । ' नेता नेपालले एमाले पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भएको टिप्पणी गर्दे यस्तो अबस्था देखेपछि  नयाँ ढंगले जाने संकल्प गरेको बताउनु भयो । उहाँले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको र एमाले मा ओली बाट पीडित बनेकाहरु पनि आउन आशा गर्नुभयो ।