२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस व्यवस्थापनलाई प्रेस चौतारीको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । प्रेस चौतारी नेपालले बिहीबार राष्ट्रिय समाचार समिति (रासस)व्यवस्थापनलाई विभिन्न विषयमा सङ्गठनको तर्फबाट ध्यानाकर्षण गराएको छ ।

चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोलीले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग प्रमुख प्रतिपक्षी दललगायतका समाचारलाई प्राथमिकता दिन आग्रह गर्दै समितिभित्रका स्थायी तथा ज्यालादारी कर्मचारीको नियुक्ति र सरुवा गर्दा आपसी सहकार्य, संवाद र सहअस्तित्वका आधारमा गर्न ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले व्यवस्थापनका क्रममा केही सरुवा भए पनि कुनै पूर्वाग्रह नराखिएको र रासस विनियमावली एवं आर्थिक स्रोतले भ्याएसम्म काममा सक्रिय कुनै पनि अस्थायी पत्रकार र कर्मचारीलाई सेवाबाट नहटाउने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष झाले राससले समाचार प्रवाहमा प्रतिपक्ष दलका समाचारलाई पनि महत्व दिँदै आएको भन्दै समाचार सामग्रीमा कुनै सुधारका विषय भएमा तथ्य र विश्लेषणका आधारमा लेखाजोखा गरिदिन आग्रह गरे ।

सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक एकराज पाठक, प्रशासन प्रमुख शीतल महतो, चौतारीका प्रतिष्ठान इञ्चार्ज मोहन बाँस्तोलालगायतको उपस्थिति थियो ।