११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ ।

ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय कमिटी बैठकमा ती उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड प्रस्तुत गरेर पारित गर्नेसमेत बताउनुभयो । “निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ”, उहाँले भन्नुभयो, “भोलिदेखि बस्ने केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्छौं र चुनावको तयारीमा अगाडि बढ्छौँ ।”

प्रचार विभाग प्रमुख गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताउनुभयो । उहाँका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिनेछ ।

उहाँका अनुसार भोलिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिने उहाँले बताउनुभयो ।

यस्तै केन्द्रीय सदस्यमा मनोनीत चार जनालाई भोलि शपथ गराएर बैठकमा उपस्थिति गराइने बताइएको छ । ती चार मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेसमेत एजेण्डा तय गरिएको उहाँले बताउनुभयो ।

केही दिनअघि बसेको सचिवालय बैठकले जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । यस्तै यसभन्दा अघि पार्टी सचिवालयले गरेको निर्णयको पनि भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउने भूमिका खेल्नेमाथि गठित छानविन कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरिएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षमा स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेलाई कारवाही गर्नका लागि छानविन समिति गठन गरिएको थियो ।

यस्तै एमालेले पार्टी सदस्य सङ्ख्या दोहोरिएका सङ्गठित सदस्यका सम्बन्धमा विशेष निर्णय गरेर व्यवस्थापन गर्ने एजेण्डासमेत रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । एमालेका ५२ हजार पाँच सय ५० सङ्गठित सदस्यको नामावली दोहोरिएको छ ।

केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहेको प्रतिवेदन बैठकमा पेश गरिनेछ । भारत प्रवास कमिटीलाई व्यवस्थापन गर्नका लागि नियमावली बनाउनेसमेत बैठकले निर्णय गरेको छ । नियमावली केन्द्रीय कमिटी बैठकमा पेश गरेर अनुमोदन गरिनेछ ।

यस्तै पार्टीका विभिन्न निकाय, विभागका सम्बन्धमा नियम पारित गर्ने एजेण्डासमेत रहेको छ । यस्तै समसामयिक राजनीतिक एजेण्डा पास गर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा धाँधली भएका कारण चुनाव हार्नुपरेको अध्यक्ष ओलीले बैठकमा बताउनुभएको छ ।

“सङ्ख्याको नम्बरले दोस्रो पार्टी भए पनि लोकप्रियताका हिसाबले एमाले पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा सोही लोकप्रियतासहित जानुपर्दछ भन्ने कुरा अध्यक्ष ओलीले बताउनुभयो”, प्रचार विभाग प्रमुख गुरुङले भन्नुभयो ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा १५ जना पोलिटब्युरो सदस्यले राजनीतिक प्रतिवेदनमाथि आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आआफ्ना सुझाव राख्नुभएको थियो ।

बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णय अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्दैछ । रासस