२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सा बोकेरै बालेन अल्फाबिटा पुगेपछि… (भिडियो)



अ+ अ-

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह नक्सा र डोजर सहित वुद्धनगरको अल्फा बिटा कम्प्लेक्स पुग्नुभएको छ । अनधिकृत संरचनाहरु हटाउने क्रममा मेयर साह वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुग्नु भएको थियो ।

अनधिकृत संरचनाहरु हटाउने अभियानमा हिडेका साहले घरको नक्सा माग्दा उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टै मेयरसँग नक्सा मागेका थिए । नक्सा मागेपछि मेयर बालेनले प्रश्न गरेका थिए, तपाईँको घरको नक्सा मसित हुनुपर्छ कि तपाइँसित ? त्यस्तै, अल्फाबिटाका प्रतिनिधिले पनि नगरपालिकामा के हुन्छ त ? भनेर मेयरलाई प्रतिप्रश्न गरे ।

तत्कालै बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए । अनि जंगिदै बोले ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

केही आक्रोशित देखिएका बालेन त्यहाँबाट सिधै महानगरपालिका कार्यलयको नक्सा फाँटमा पुगे र अल्फाबिटा भबनको नक्सा लिएर डोजरसहित अल्फाबिटा भवनमा पुगे । सोही स्थानमा पुगेका नक्सा पास बिना बनाएका संरचना भत्काएई दिए ।

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ तर पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।

त्यसपछि बालेनले ट्वीट गरेका छन् उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर आएँ मैले के बिराएँ ?

 




भर्खरै