१ मंसिर २०८१, शनिबार
,
Latest
जुनको उज्यालोमा मकै सुकाउने पर्व मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य



अ+ अ-

धरान । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण  गराउनुभएको हो । संविधानको धारा १६८ ९१० अनुसार उहाँ मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।

नेकपा (एमाले)का सचिवसमेत रहनुभएका आचार्य सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी हुनुभएको थियो ।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मनुभएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आउनुभएको छ । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गर्नुभएका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नुभएको थियो ।

विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उहाँ शेरधन राईसँग दुई मतले पराजय हुनुभएको थियो । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो ।