२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उद्योग वाणिज्य संघ: बालेनले शक्तिको दुरुपयोग गरे



अ+ अ-

काठमाडौँ । काठमाडौँ उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले शक्तिको दुरुपयोग गरेको बताएको छ ।

काठमाडौँ उद्योग वाणिज्य संघ काठमाडौँका व्यापारीहरुको संस्था हो । उसले केही दिनदेखि महानगरले अनधिकृतरुपमा बनेका भौतिक संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरुलाई मर्का परेको भन्दै महानगरको सो कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार घरधनी र महानगरबीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको छ । “अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीलाई बिचल्ली बनाइयो ? जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षसमेत हुनुहुन्छ । संघले आपत्कालीन बैठक बोलाएको छ । दशैँको मुखमा व्यवसायीमाथि भएको अन्यायबारे साझा धारणा बनाउन आपत्कालीन बैठक बोलाइएको श्रेष्ठले बताउनुभयो ।