२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप गिरीको क्षेत्रबाट चुनाव लड्ने सरिता गिरीको घोषणा



अ+ अ-

काठमाडौं । नेतृ सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वर्गिय प्रदीप गिरीको क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेकी छन् ।

सरिता गिरीले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा सिरहा १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् । साथै,उनीले चुनावमा आफुलाई सहयोग गर्नको लागि आग्रह समेत गरेकी छन् ।

लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरीले बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी थिईन् । उनले प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म सिरहाको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु’ ।

सरिता दिवंगत कांग्रेस नेता प्रदीप गिरीकी भाइबुहारी हुन् ।