११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

ठेचोको नवदुर्गा भवानीदेवी मन्दिरमा लगाइएको ताल्चा खोलियो

ठेचोको नवदुर्गा भवानीदेवी मन्दिरमा लगाइएको ताल्चा खोलियो
अ अ+ अ-

ललितपुर । ठेचोको नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सञ्चालन भएसँगै गत साउन १० गते गठेमङ्गल अर्थात गठामूग चे¥हेका दिन मन्दिरमा लगाइएको ताल्चा खोलिएको छ । उक्त दिनदेखि ठेचोमा जात्रा सुरु भएसँगै एक महिनासम्म मन्दिरको ढोको बन्द गर्ने परम्पराअनुसार आज यँ पञ्चदानका दिन ढोका खोलिएको हो । बिहान ७ः३० बजे मन्दिरका १४ गुठीयार बसेर पूजा गरी ताल्चा खोलिएको गुठीका नाइके भक्तलाल मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “आज बिहान १० बजे गुठीका सबै ३४ देवगण मन्दिरमा बसेर देवीको विशेष पूजासहित बलि दियाँै । पूजा सकिएपछि बेलुका प्रसाद बाँड्ने र खाने गरिन्छ। ”

पञ्चदानपछि हाल मन्दिर परिसरमा बनाइरहेको छाप्रोमा देवगणलाई नाच सिकाएर आउँदो विजयादशमीका दिन पाटन दरबार क्षेत्रका साथै पटुको टोलमा नृत्य प्रस्तुत गर्न तयार पारिने गुठीका अध्यक्ष धर्मराज मालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विजयादशमीका दिन हामीले पाटन दरबारको मूल चोकमा रहेको मानमानेश्वरी देवीलाई फूलमाला चढाएर यहाँका दुई स्थानमा नृत्य गर्नेछाँै । योसँगै अब साइत हेरेर एक दिन दलचोकी तीनपाने भञ्ज्याङमा दाउरा लिन गई ललितपुर महानगपालिका–२७ स्थित बालकुमारी मन्दिरमा फूलपातीका दिन मुखुण्डो जगाउने काममा होम गर्न प्रयोग गर्नेछौँ ।” सो दाउरा भने ३५ व्यक्तिले ल्याउने र पुजारीले ल्याएको एक भारी भने कतै नबिसाइ छाप्रोमा राखिने नियम रहेको अध्यक्ष मालीले जानकारी गराउनुभयो ।

प्रत्येक बाह्रवर्षे जात्राका अवसरमा फूलपातीका दिन भैरव, श्वेत भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, विष्णुदेवी, महालक्ष्मी, सिंहिनी, ब्रिहिणी र इन्द्रायणीले लगाउने १३ मुखुुण्डो जगाउने गरिएको गुठीका पुजारी गोपाल मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस दिन रातभर ३४ गुठीयार बसेर मुखुण्डो जगाउने काम गर्नेछौँ ।” सो मुखुण्डो भने आउँदो दसैँको अष्टमीका दिन ११ देवगणले लगाइ एकछिन नृत्य मञ्चन गरेर नवदुर्गाको मन्दिर आउने गर्दछन् ।

जात्रा अवधिभर २८ किसिमका पर्व पूजा गरिने गुठीका अर्का नाइके पाँचभाइ मालीले बताउनुभयो । उहाँले भन्नुभयो,“यस जात्राअन्तर्गत पूजापर्वमा सुनाकोठीमा गरिने ‘कुल्पी यज्ञ’ को विशेष महत्व छ । यसमा रातभर यज्ञ गरी नयाँ मुखुण्डो तथा पोसाक एवं खड्गका साथै गरगहना साधना गरी देवता प्रतिस्थापना गर्ने गरिन्छ ।” सो जात्रा भने आउँदो फागुनदेखि चैतसम्म जारी रहने नाइके मालीले जानकारी गराउनुभयो ।

बाह्र वर्षभर गरिने पूजापाठका लागि रु ७६ लाख ४३ हजार एक सय ५० माग भएसँगै आफूले केही समय पहिला रु ५० लाखको बजेट व्यवस्था गरिदिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो,“नेपालका प्रसिद्ध नाचमध्ये यस नवदुर्गा भवानीदेवी नाच पनि प्राचीन संस्कृतिको धरोहर रहेकाले हामीले बजेटको व्यवस्था गरिदिएका हाँै ।”

उक्त जात्रामा देवगणहरुले तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गरेका गुठीका नाइके जीतेन्द्र मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्पराअनुसार गणेश हुनेले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढ्ने विश्वास गरिन्छ । यस जात्रामा इन्द्रायणी देवीको भने नृत्य गराइँदैन ।” सो जात्रामा श्वेत भैरवको भने बाह्रवर्षमा एक पटक मात्र नृत्य गराइन्छ । नवदुर्गा नाच पाटन दरबार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मानमानेश्वरी देवी अर्थात पायो जात्रासँग पनि प्रत्यक्ष सम्बन्ध रहेको छ । पाटन दरबार क्षेत्र केन्द्रित लिच्छवीकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय भने राजा गुणकामदेवमा रहेको भाषा वंशावलीमा उल्लेख गरिएको छ ।

ठेचोमा सो जात्रा सुरु भएसँगै भोजभतेर तथा बिहे र व्रतबन्ध नगरिने जात्रा प्रचारप्रसार समितिका संयोजक विकास मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “जात्रा अवधिभर नवदुर्गा देवीको बाजा बाहेक पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा झुण्डाएर बस्न, परदेशीलाई वासबस्न दिनेगरी सत्कार गर्न, राति हिँड्डुल गर्न तथा सिठ्ठी, ताली, घण्टा र अन्य बाजा बजाउन मिल्दैन ।” रासस