७ पुष २०८२, सोमबार
,
Latest
कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोलिटब्युरो बैठकमा यी विषयमा छलफल सुरु



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पोलिटब्यूरो बैठक सुरु भएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका विषय राख्नुभएको एजेन्डामा छलफल भइरहेको छ । पार्टीको बुधबार भएको स्थायी समिति बैठकले आगामी निर्वाचनमा पार्टीले कुनै पनि दलसँग गठबन्धन नगर्ने तर जुनसुकै दलसँग पनि चुनावी तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको थियो ।

आजको पोलिटब्यूरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा पठाउने उम्मेदवार र उम्मेदवार बन्ने प्रक्रियाबारे छलफल हुने बताइएको छ । साथै स्थायी समितिले पारित गरेको निर्णयलाई समेत पोलिटब्यूरो कमिटीले अनुमोदन गर्ने कार्यसूचीमा उल्लेख छ ।