१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोलिटब्युरो बैठकमा यी विषयमा छलफल सुरु



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पोलिटब्यूरो बैठक सुरु भएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका विषय राख्नुभएको एजेन्डामा छलफल भइरहेको छ । पार्टीको बुधबार भएको स्थायी समिति बैठकले आगामी निर्वाचनमा पार्टीले कुनै पनि दलसँग गठबन्धन नगर्ने तर जुनसुकै दलसँग पनि चुनावी तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको थियो ।

आजको पोलिटब्यूरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा पठाउने उम्मेदवार र उम्मेदवार बन्ने प्रक्रियाबारे छलफल हुने बताइएको छ । साथै स्थायी समितिले पारित गरेको निर्णयलाई समेत पोलिटब्यूरो कमिटीले अनुमोदन गर्ने कार्यसूचीमा उल्लेख छ ।