३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अग्निपथ’ भर्ती स्थगित



अ+ अ-

काठमाडौँ । भारत सरकारले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार नेपालमा गोर्खा सैनिक भर्ती तत्काल नहुने भएको छ । नेपाल सरकारले भारतको अग्निपथ योजनाबारे स्पष्ट नभएकाले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको जनाएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले बुधबार नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएको भन्दै तत्काल गोर्खा सैनिक भर्ती नहुने बताउनुभएको छ ।

भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि गत असारको पहिलो सातामा अग्निपथ नामक नयाँ योजना ल्याएको थियो । सो योजनाअनुसार १७ वर्षदेखि २३ वर्षसम्मका युवापथ भर्ती हुने व्यवस्था छ ।

अग्निपथ योजनाअनुसार भर्ती भएका सैनिकमध्ये ७५ प्रतिशतले चार वर्षमात्र सेवा गर्न पाउनेछन् भने बाँकी २५ प्रतिशतलाई पूर्णकालीन सैनिकका रुपमा काम काम दिइनेछ । तीन तिहाइलाई चार वर्षमा घर पठाइने र उनीहरुले पेन्सनको सुविधासमेत नपाउने अग्निपथ योजनामा व्यवस्था छ ।

नेपाल सरकारले नेपाली युवाहरुलाई पनि अग्निपथ योजनाअनुसार त्यही चार वर्षका लागि भारतीय सेनामा भर्ती गर्न लागेको हो वा पेन्सन पाउने गरी पूर्णकालीन सेवामा लैजान लागेको हो भन्ने स्पष्ट नभएको भन्दै भारतले सो बारेमा स्पष्ट पार्नुपर्ने बताएको छ ।

परराष्ट्रमन्त्री डा खड्काले चार वर्षका लागि मात्र सैन्य भर्ती गर्ने हो भने राजनीतिक दलहरु र सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने राजदूत श्रीवास्तवलाई जानकारी गराउनुभएको थियो ।

त्रिपक्षीय सन्धिअनुसार लैजान लागेको हो भने लैजान सक्ने र सन्धिअनुसार नेपाल सरकारले केही बोल्नुनपर्ने उहाँको भनाइ थियो ।