१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

युक्रेन सङ्कट : रुसको कार्य अकारण र अनुचित – बाइडेन

युक्रेन सङ्कट : रुसको कार्य अकारण र अनुचित – बाइडेन
अ अ+ अ-

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाहीको घोषणाप्रति प्रतिक्रिया व्यक्त गर्दै यसलाई ‘अकारण र अनुचित’ भनेका छन्।

रुसी राष्ट्रपतिको घोषणाको प्रतिक्रिया दिँदै बाइडेनले भने, “पूरा विश्वको प्रार्थना युक्रेनका जनतासँग छ।” आफ्नो सम्बोधनमा उनले रुसी राष्ट्रपतिलाई दोष दिँदै भने, “राष्ट्रपति पुटिनले पूर्व–व्यवस्थित युद्ध छनोट गरेका छन् जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउँछ।”

“यस युद्धबाट हुने मृत्यु र विनाशका लागि रुस एक्लै जिम्मेवार हुनेछ”, उनले भने।उनले अमेरिका र उसका सहयोगीहरु एकजुट भएर यस हमलालाई निर्णायक रुपमा जवाफ दिने बताए । उनले यो युद्धका लागि रुस मात्रै जवाफदेही हुने बताए ।

राष्ट्रपति बाइडेनले आज जी–७ का सदस्य राष्ट्रहरूसँग बैठक बस्ने र त्यसपछि मात्र रुसका सम्बन्धमा थप कदम चाल्ने जानकारी दिए ।

युक्रेनलाई गाभ्ने कुनै योजना छैन– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान टेलिभिजनमार्फत देशका नाममा सन्देश दिँदै रुसको युक्रेनलाई गाभेको कुनै योजना नभएको बताए ।विशेष सैन्य कारबाहीको घोषणा गर्दै पुटिनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्नेबारे छनोट गर्न सक्ने बताए ।

बिहीबार टेलिभिजन सम्बोधनमा रुसी राष्ट्रपति पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरे ।उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई हतियार छोडेर घर फर्कन भनेका थिए।

उनले युक्रेनलाई चेतावनी दिँदै यदि युक्रेनी सेनाले हतियार नत्यागे सबै रगतको लागि जिम्मेवार हुने बताए।रुसका राष्ट्रपतिले आफ्नो सम्बोधनमा न्याय र सत्य रुसको पक्षमा रहेको बताए । उनले रुसविरुद्ध कसैले कारबाही गरेमा मस्कोले प्रतिक्रिया दिन ढिला नगर्ने चेतावनी दिए ।

युक्रेनविरुद्धको कारबाही ‘आत्मरक्षा’ भएको उनको भनाइ थियो। बिबिसीको सहयोगमा