६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान (भिडियोसहित)

आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान (भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ । बुधवार एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्नुभएका अध्यक्ष नेपालले बिहीवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त हुँदै आफुहरुको क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको हो ।

उहाँले ओली दक्षिणपन्थी भासमा भासिएको, राष्ट्रियताको सुदृढिकरण गर्न नसकेको, सरकार सञ्चालनमा असफल भएको, संसद विघटन गरी प्रतिगामी कदम चालेको तथा तत्कालिन नेकपा र नेकपा (एमाले) विभाजनमा उद्यत रहेको भन्दै ओली गुटको भ्रमबाट मुक्त भई छुटकारा पाउन आफ्नो पार्टीमा आउन उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो –‘म आव्हान गर्न चाहान्छु, कि तपाईहरु तत्काल केपी ओली गुटबाट छुट्कारा पाउनुहोस् । यो दक्षिणपन्थी भासमा भासिइसकेको, राष्ट्रियताको सुदृढीकरणको मान्यतालाई तिलाञ्जली दिइसकेको, जनताप्रतिको जिम्मेवारीबोधबाट भागिसकेको, सरकार सञ्चालनमा असफल भइसकेको, पार्टीलाई तहसनहस पार्न उद्यत भइसकेको र एकीकृत भइसकेको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने काममा अग्रसरता लिएको, विभाजित हुँदाखेरी भोज भतेर गरेर खुशियाली मनाएको, अनि नेकपा एमालेलाई पनि विभाजन गर्नका लागि २०७७ चैत्र २८ गते कदम चालेको, र नेपालको जनताको निर्वाचित संस्था प्रतिनिधि सभा २०७७ पौष ५ गते विघटन गरेर प्रतिगामी कदम चालेको र प्रतिगमनको दिशातर्फ अगाडी बढेको र नेपालको इतिहासमा, राजनीतिमा एउटै प्रधानमन्त्रीले आफ्नो एउटै कार्यकालमा दुई पटक प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्ने किर्तिमान कायम गरेको यस्तो व्यक्तिको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहीत हुनका लागि म सबैलाई हार्दिक आव्हान गर्न चाहान्छु ।’

अध्यक्ष नेपालले केपी शर्मा ओलीले माक्र्सवादी मुल्य, मान्यतालाई तिलाञ्जली दिदैँ व्यक्तिवादमा डुबेपछि आफुहरु विद्रोह गर्न बाध्य भएको बताउनुभयो । पार्टीलाई नीजि कम्पनीजस्तो बनाएको, जनताको बहुदलीय जनवादको मुल्य मान्यता त्यागेको तथा आफु पक्षीय नेताहरुलाई एमालेबाट निष्काशन गरेपछि त्यसकाविरुद्ध विद्रोह गर्नुको विकल्प आफुहरुसँग नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘केपी ओली पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, त्यहाँ उहाँले पार्टीमा सबैखाले मुल्य र माक्र्सवादी मुल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि, व्यक्तिवादमा चुर्लुम्म डुबेपछि, अनि व्यक्तिवादी अहंकारको घोडामा सवार भइसकेपछि, त्यो पार्टीलाई आफ्नो नीजि कम्पनीको रुपमा ठानिसकेपछि, जनताका बहुदलीय जनवादका सबै मूल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि, र त्यसपछि क्रान्तिकारी योद्धालाई त्यो पार्टीबाट निष्काशन गरीसकेपछि त्यसका विरुद्धमा विद्रोह गर्ने बाहेक हामी सँग अरु कुनै विकल्प भएन ।’

अध्यक्ष नेपालले पार्टी विभाजनमा आफ्ना केही सहयोद्धाहरुले साथ नदिएकोमा कुनै गुनासो नभएको प्रतिक्रिया दिनुभयो । लामो यात्रामा जाँदाखेरी केही साथीहरु बिचैमा थाकेको भन्दै उहाँले फेरी पनि ति सहयोद्धाहरु समावेश हुनसक्ने बताउनुभयो । अहिले आफुलाई साथ नदिएका नेताहरुकै अग्रसरतामा विगतमा निर्वाचन आयोगमा पार्टी दर्ता भएको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो –‘हामीले नयाँ ढंगले जाने संकल्प गर्यौँ । २०७७ साल चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर हामीले बिद्रोहको पहिलो बिगुल फुक्ने काम त्यहीँ गर्यौँ । बिद्रोहको त्यो बिगुल फुक्ने बेलामा हाम्रा कतिपय सहयोद्धाहरु सँगसँगै हुनुहुन्थ्यो । तर हामी सबैलाई थाहा छ, लामो यात्रामा जाँदाखेरी कोही बिचैमा थाक्दा रहेछन् । बिचैमा आँट उनको घट्दो रहेछ । अब थाक्ने थाकिरहन्छन् । आँट घट्ने घटिरहन्छन् । विभिन्न कारणले गर्दाखेरी अघि बढ्न नसक्नेहरु बढ्न सक्दैनन् । तर अगाडी बढ्नेहरु, लक्ष्य हासिल गर्न चाहानेहरु, क्रान्तिकारी दिशामा पार्टी लान खोज्नेहरु, पार्टीको क्रान्तिकारी रुपान्तरण गर्न चाहानेहरु त्यो दिशामा निरन्तर अगाडी बढिरहन्छन् । म आज तपाईँहरुलाई जानकारी गराउन चाहान्छु, अहिले हामीलाई साथ छोडेका कमरेडहरु आफै अगाडी सरेर अनेकौँ पार्टीहरु निर्वाचन आयोगमा दर्ता गरेर त्यो पार्टी अहिलेपनि ज्यूँदै छ । प्रमाण साक्षिको रुपमा ।  आज सहयोद्धामध्ये कतिपय मेरो साथमा हुनुहुन्न । ३२ सालका सहयोद्धाहरु कतिपय साथमा छैनन् । मालेकालका सहयोद्धाहरु कतिपय छैनन् । एमालेकालका सहयोद्धाहरु केही छैनन् । तर हाम्रो यात्रा निरन्तर रुपमा जारी रहेको छ । फेरी ति सहयोद्धाहरु यो यात्रामा समावेश हुन सक्नुहुन्छ । ति सहयोद्धाहरुको बारेमा मैले गुनासो गर्नुपर्ने केहीपनि छैन ।’ 

अध्यक्ष नेपालले सबै वामपन्थी, लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ अध्यक्ष नेपालले आफुहरु वर्तमान सत्ता गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा जानेपनि बताउनुभयो । उहाँले संक्षिप्तमा भन्नुभयो– ‘हामी अवश्यपनि सरकारमा सहभागी हुनेछौँ । पाँच दलीय गठबन्धन अगाडी बढ्नेछौँ ।’

उहाँले आफुहरु विद्रोही चेतका साथ अगाडी बढ्ने बताउनुभयो । पुरानो लिकमा नजाने भन्दै अध्यक्ष नेपालले ओलीको संस्कार भन्दा भिन्न संस्कारको पार्टी बनाउने बताउनुभयो । आफुहरुको पार्टी माक्र्सवाद र जनताप्रति सर्मपित हुने उहाँले उल्लेख गर्नुभयो ।