१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रुसले पूर्ण मात्रामा आक्रमण गरेको युक्रेनको भनाइ

रुसले पूर्ण मात्रामा आक्रमण गरेको युक्रेनको भनाइ
अ अ+ अ-

किभ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेको र हतियार प्रहार गरी सहरहरूलाई निशाना बनाएको बताएका छन् ।

किभ, खार्किभ, ओडेसा र अन्य युक्रेनी सहरहरूमा विस्फोटको आवाज सुनिएको थियो।

इन्टरफ्याक्स युक्रेनले देशभरका सैन्य सुविधाहरूमा रकेट आक्रमण भएको बताएको छ र रुसी सेनाहरू ओडेसा र मारिउपोलको दक्षिणी बन्दरगाह सहरहरूमा अवतरण गरेको बताएको छ।

इन्टरफ्याक्स युक्रेनले किभको बोरिस्पिल विमानस्थलबाट कर्मचारी र यात्रुहरूलाई बाहिर निकालेको पनि बताएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार स्थानीय समयअनुसार बिहान ६ बजे एक अचम्मको टेलिभिजन सम्बोधनमा युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका थिए ।

उनले अन्य देशहरूलाई चेतावनी दिँदै रूसी कार्यमा हस्तक्षेप गर्ने कुनै पनि प्रयासले ‘उनीहरूले कहिल्यै नदेखेको परिणाम’ निम्त्याउने बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, नेटो प्रमुख जेन्स स्टोल्टेनबर्ग र अन्य अन्तर्राष्ट्रिय नेताहरूले आक्रमणको तीव्र निन्दा गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानीय समयअनुसार बिहीबार बिहान एक भावनात्मक भिडियो जारी गर्दै रुसीहरूलाई ‘युरोपमा ठूलो युद्ध’ लाई समर्थन नगर्न अपील गरे।

युरोपेली युनियनले बुधबार रुसका रक्षामन्त्री सर्गेई शोइगु र सैन्य प्रमुखहरूमाथि क्रेमलिनले दुई पृथकतावादी युक्रेनी क्षेत्रलाई स्वतन्त्र रूपमा मान्यता दिएकामा प्रतिक्रियास्वरुप प्याकेजका रूपमा प्रतिबन्ध लगाएको थियो। फ्रान्स२४