• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री ★   कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने ★   सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ: वरिष्ठ उपाध्यक्ष खाँन ★   सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ ★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस्

कुवेत जान लागेका ३९ महिला नियन्त्रणमा



फाईल फोटो

काठमाडौँ । कुवेत जान लागेका ३९ महिलालाई नियन्त्रणमा लिइएको छ । भिजिट भिसामा जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयले शंकास्पद कागजपत्र बोकेर जान लागेको देखिएपछि उनीहरुलाई पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको बताइएको छ ।

मानव तस्करीमा संलग्न समूहले उनीहरुलाई कुवेत लैजान लागेको आशंका गरिएको विमानस्थलको सुरक्षा कार्यालयले जनाएको छ । बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुवेत जान लागेका उनीहरुसँग भिजिट भिसाका लागि आवश्यक कागजात थिएन ।