१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेत जान लागेका ३९ महिला नियन्त्रणमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कुवेत जान लागेका ३९ महिलालाई नियन्त्रणमा लिइएको छ । भिजिट भिसामा जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयले शंकास्पद कागजपत्र बोकेर जान लागेको देखिएपछि उनीहरुलाई पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको बताइएको छ ।

मानव तस्करीमा संलग्न समूहले उनीहरुलाई कुवेत लैजान लागेको आशंका गरिएको विमानस्थलको सुरक्षा कार्यालयले जनाएको छ । बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुवेत जान लागेका उनीहरुसँग भिजिट भिसाका लागि आवश्यक कागजात थिएन ।