४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री

यस्तो छ राजु श्रीवास्तवको पछिल्लो स्वास्थ्य अवस्था

यस्तो छ राजु श्रीवास्तवको पछिल्लो स्वास्थ्य अवस्था
अ+ अ-

एजेन्सी । भारतीय चर्चित हाँस्यकलाकार राजु श्रीवास्तव दुई सातादेखि अस्पतालमा उपचाररत छन् । उनको मस्तिष्क बाहेक सम्पूर्ण शरीरले सामान्य रूपमा काम गरिरहेको छ ।

मस्तिष्कमा हुने इन्फेक्सन पनि पूर्ण रुपमा हटेको छ । डाक्टरहरुले अहिले उनीहरुलाई होशमा ल्याउन आफ्नो पूरा ध्यान केन्द्रित गरेका छन् । त्यसका लागि अहिले राजुलाई न्यूरो फिजियोथेरापी दिइएको छ ।

विशेषज्ञ फिजियोथेरापिस्टको टोलीले उनको शरिरको उपचार गरिरहेको छ । राजुकी छोरी अन्तराले पनि बुवाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएकी छन् ।

डाक्टरका अनुसार राजुको फोरब्रेन (मस्तिष्कको माथिल्लो भाग)मा अक्सिजन नपुगेकाले उनलाई होश आउन नसकेको हो । यदि त्यहाँ अक्सिजन पुग्यो भने, उनलाई होशमा आउन धेरै समय लाग्दैन । हृदयघातपछि राजुको मस्तिष्कमा करिब २० मिनेटसम्म अक्सिजन पुगेन । जसका कारण उनी कोमामा छन् । मस्तिष्कका बाँकी २ भागमा अक्सिजन आपूर्ति ठीक रहेको चिकित्सकले जनाएका छन् ।

राजुको परिवारका निकट सुनिल कनोजियाले उनलाई होशमा ल्याउन चिकित्सकहरुले सक्दो प्रयास गरिरहेको बताए । उनी १५ दिनदेखि पूर्ण रूपमा कोमामा छन् । भेन्टिलेटर सपोर्ट कम गर्ने प्रयास पनि भइरहेको छ। आईसीयूमा श्रीमती शिखा बाहेक कसैलाई पनि प्रवेश दिइएको छैन ।

हृदयघात भएपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । जिममा व्यायाम गर्दागर्दै उनलाई हृदयघात भएको थियो ।