२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनलाई कोरोना पोजिटिभ : भने, कृपया आफ्नो परीक्षण गराउनुहोस्



अ+ अ-

एजेन्सी
मुम्बई । भारतीय अभिनेता अमिताभ बच्चन पनि कोभिड पोजिटिभ भएका छन् । अमिताभले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् । साथै उनले उनको सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराउन अपिल समेत गरेका छन् ।

अहिले अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १४’ को सुटिङमा व्यस्त छन् । तर, सेटमा सुटिङका ​​क्रममा उनले धेरै सावधानी अपनाइरहेका थिए ।

तर अमिताभले आफूमा लक्षण देखिएको छ वा छैन भन्ने कुरा भने खुलाएका छैनन् । उनले आफू अस्पताल वा घरमा छन् भन्ने पनि बताएका छैनन् । यस बाहेक उनलाई कहाँबाट र कसरी कोरोना संक्रमण भयो भन्ने अझै पत्ता लागेको छैन ।

‘कौन बनेगा करोडपति १४’ को सेटमा अमिताभ क्रु सदस्यहरू बाहेक धेरै प्रतियोगीहरूसँग सम्पर्कमा आउँछन्। तर यस अवधिमा पूर्ण हेरचाह गरिन्छ र कोभिड प्रोटोकल पनि पालना गरिन्छ।

‘केबीसी १४’ बाहेक अमिताभ अरु धेरै प्रोजेक्टमा देखिनेछन् । जसमा छिट्टै रिलिज हुने फिल्म ‘उचाई’ र ‘ब्रह्मास्त्र’ पनि हो ।

अमिताभबाहेक छोरा अभिषेक र बुहारी ऐश्वर्या राय बच्चन पनि २०२० मा कोभिड पोजिटिभ भएका थिए। अमिताभ पहिलेदेखि कलेजो र स्वास्थ्य समस्याबाट ग्रसित भएकाले डाक्टरहरूले उनलाई थप सतर्क रहन सल्लाह दिएका छन् ।