७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्केट बललाई लिनिङको साथ



अ+ अ-

काठमाडौँ । खेलकुद पोषाक कप्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजना गर्नका लागि मंगलवार सम्झौता गरेको छ ।

राजधानीमा मंगलवार भएको एक कार्यक्रममा खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केट बलबीच मंगलवार सम्झौता भएको हो । सिटिएलका अध्यक्ष राजन महर्जन र संघका अध्यक्ष भीम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार नेपाली बास्केट बलको कुनै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाउँदा महिला र पुरुष दुवै तर्फका सिनियर र जुनियर खेलाडीले लिनिङको पोषाक प्रयोग गर्नुपर्नेछ । नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउँदा खुशी लागेको बताउनु भयो । सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्ष हरुमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको सिटिएलका अध्यक्ष महर्जनले बताउनु भयो ।

लिनिङले प्रायोजनबापत उपलब्ध गराउने सामग्री बाहेक संघ वा खेलाडीले लिनिङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ । संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा लिनिङलाई धन्यवाद दिनुभयो । यस्तै सम्झौतामा लिनिङले प्रचार प्रसारका लागि बास्केट बलका खेलाडी प्रायोग गर्नसक्ने र संघले लिनिङको प्रचारमा सहयोग गर्नुपर्नेछ ।