१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलको प्रष्टिकरण: दोषी देखिए कारबाही भोग्न तयार छु !



अ+ अ-

काठमाडौं । नाबालकलाई करणी गरेको अभियोग लागेका नायक पूर्ण बिक्रम शाह (पल शाह)ले आफू माथी नियोजित र षडयन्त्र भएको गुनासो गरेका छन् । बुधबार उनि बिरुद्ध जिल्ला प्रहरी कार्यलय तनँहुमा जाहेरी दर्ता भए पछि सामाजिक संञ्जाल मार्फत प्रष्टिकरण  दिदै पलले आफु दोषी भए प्रचलित कानून अनुसार कारबाही भोग्न तयार रहेको जनाएका छन् ।  

उनले लेखेका छन् । 

नमस्कार म पल शाह 🙏

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकाली सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समिक्षा अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । 

उक्त अडियो क्लिपमा भनिए अनुसार  पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, ूहाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै  ,घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ,लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । 

यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र  गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर साथी  दुर्गेश थापा, ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी र सम्राट चौलागाईले  नियोजित ढङ्गले षड्यन्त्र फसाउन खोजे ।