२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पाँच हजार भन्दा बढि सुकुम्वासी



अ+ अ-

बाग्मती । मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ ।

आयोगका सदस्यसचिवसमेत रहनुभएका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा स्थानीय तहमा गरी तीन हजार दुई सय २१ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी रहेका छन् । साथै ३३ हजार तीन सय २६ जना अव्यवस्थित बसोबासीले जग्गा प्रमाणपत्रका लागि निवेदन दिएको बताइएको छ ।

प्रमुख सुवेदीले जिल्लाको बाग्मती गाउँपालिकामा तीनजना भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरिसकेको तथा अझै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले छिट्टै नै जग्गाधनी प्रमाणपत्र लालपुर्जा प्राप्त गर्ने र त्यसअनुसार काम भइरहेको बताउनुभयो ।

मकवानपुरको बाग्मती, वकैया गाउँपालिकाको दुईवटा वडा तथा हेटौँडा उपमहानगरपालिकाको ११ नं वडामा लालपुर्जा वितरण गर्न आवश्यक काम भइरहेको उहाँले बताउनुभययो । अध्यक्ष दाहालले चुरे तथा विभिन्न वन आरक्षण क्षेत्रभित्र रहेको स्थानमा लालपुर्जा वितरण गर्न नसकिनेसमेत जानकारी गराउनुभयो ।