१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार



अ+ अ-

एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार राजुको मस्तिष्कमा फैलिएको संक्रमण कम हुँदै गइरहेको छ । जसका कारण अहिले चिकित्सकहरुको टोलीले भेन्टिलेटरको सपोर्ट घटाउने विचार गरिरहेका छन् ।

गत अगस्ट १० मा हृदयाघात भएपछि राजु श्रीवास्तवलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

यी १४ दिनमा विभिन्न उतारचढावपछि उनको स्वास्थ्य अहिले स्थिर छ ।

उनको शरीरका सबै अंगले राम्रोसँग काम गरिरहेका छन् । तर उनी अझै कोमामा छन् ।