३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार



अ+ अ-

एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार राजुको मस्तिष्कमा फैलिएको संक्रमण कम हुँदै गइरहेको छ । जसका कारण अहिले चिकित्सकहरुको टोलीले भेन्टिलेटरको सपोर्ट घटाउने विचार गरिरहेका छन् ।

गत अगस्ट १० मा हृदयाघात भएपछि राजु श्रीवास्तवलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

यी १४ दिनमा विभिन्न उतारचढावपछि उनको स्वास्थ्य अहिले स्थिर छ ।

उनको शरीरका सबै अंगले राम्रोसँग काम गरिरहेका छन् । तर उनी अझै कोमामा छन् ।