काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज मंगलबार बस्दैछ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रका दलहरुबीचको सिट बाँडफाँटको टुंगो लगाउने जनाइएको छ ।
सोमवार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटबारे सहमति नजिक पुगेको बताएको थियो ।