२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियामा कम भएन कोरोना सङ्क्रमण, हिजो मात्र थपिए एक लाख ५० हजार भन्दा बढि नयाँ बिरामी



अ+ अ-

सोल । दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् ।

योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार एक सय तीन जनामा पुष्टि भएको सङ्क्रमण सोमबार ह्वात्तै बढेको हो ।

यो घातक सङ्क्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या २६ हजार एक सय ६१ पुगेको छ ।