• ८ आश्विन २०७९, शनिबार
  •      Sat Sep 24 2022
Logo
Latest
★   डा केसीको अनसन तोडियो, सरकारसंग १० बुँदे सहमति -सहमति पत्र सहित ★   खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना ★   आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ★   चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने ★   देशभर ७४ जनामा सङ्क्रमण, एकको निधन ★   पूर्वाधार क्षेत्रको विकास विस्तारमा पूर्वाधार पत्रकारहरूको पनि महत्वपूर्ण भूमिका ★   ‘प्रेम गीत ३’ ले भारतमा पहिलो दिनमा कति कमायो ? ★   युरोप पुगेर चन्द्र ढकालले भने- यहाँको समृद्धि नेपाल भित्र्याऔँ ★   संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित, समानुपातिकको उम्मेदवारी चयनमा एकलौटी गरेको आरोप ★   काँग्रेस संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

तीन सयले घट्यो सुनको मूल्य



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ६० तोकिएकोे महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।