१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

युएसएआईडीद्वारा नेपाललाई एक करोड ५० लाख डलर सहयोग

युएसएआईडीद्वारा नेपाललाई एक करोड ५० लाख डलर सहयोग
अ अ+ अ-

काठमाडौँ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालसालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर अनुदानको एक हिस्साको रूपमा संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले रुसको युक्रेनमाथि अप्रत्याशित युद्धबाट बढ्दो विश्वव्यापी संकटबाट जोखिममा परेका जनसङ्ख्यालाई जोगाउन नेपाललाई एक करोड ५० लाख डलर उपलब्ध गराउने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मनीमा भएको जी–७ नेताहरूको शिखर सम्मेलनमा यी अतिरिक्त अमेरिकी सरकारको खाद्य सुरक्षा स्रोतहरू प्रतिज्ञा गर्नुभएको थियो । जसले जी–७ नेताहरूले शिखर सम्मेलनमा विश्वव्यापी खाद्य सुरक्षालाई सम्बोधन गर्न प्रतिबद्ध गरेको आधाभन्दा बढी स्रोतहरू प्रतिनिधित्व गर्दछ।

नेपालमा पूरक कोषले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुरा सुनिश्चित गर्न मद्दत गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

स्थानीयरूपमा थप खाना उत्पादन गर्न साना फार्महरूलाई समर्थन गर्ने र खाद्य सहायताको खाँचोमा परेका परिवारहरूलाई मद्दत गर्ने समावेश छ।

युएसएआईडी नेपाल मिसनका कार्यबाहक निर्देशक बेथ होगनले भन्नुभयो, “धान, मकै र अन्य महत्त्वपूर्ण बालीहरूको उत्पादन आसन्न मलको अभावले सम्भावितरूपमा घट्दै गएकोले, यो सहयोगले नेपालको कृषि क्षेत्र र यसका किसानहरूमा व्यापक प्रभाव पार्नेछ।”

उहाँले भन्नुभयो, “यो थप कोषले मुख्यतया नेपाललाई उपभोग गर्न र बेच्नका लागि थप खाद्यान्न उत्पादन गर्न मद्दत गर्नेछ, जसले गर्दा घरायसी खाद्य सुरक्षा र आम्दानीमा वृद्धि हुनेछ। यी प्रभावहरू विशेषगरी सूचना, इनपुट, प्रविधि र सेवाहरूमा सीमित पहुँच भएका महिला, युवा र सीमान्तकृत समूहहरूका लागि उपयोगी हुनेछन्।”

युएसएआईडीले यी थप स्रोतहरू रणनीतिक रूपमा लगानी गर्न नेपाल सरकारसँग मिलेर काम गर्ने राजदूतावासले जनाएको छ । यसबाट खाद्य असुरक्षा विरुद्ध लड्न, गरिबी, भोकमरी र कुपोषणलाई दिगो रूपमा कम गर्ने लक्ष्य पूरा गर्न नेपालको चलिरहेको प्रयाससँग मेल खान्छ।

“यो नेपाल–अमेरिका साझेदारी र हाम्रो चलिरहेको स्वास्थ्य र खाद्य सुरक्षा सहायता कार्यक्रमहरूको ७५ वर्षको निरन्तरता हो”, राजदूतावासले भनेको छ ।

राजदूतावासका अनुसार संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २४, २०२२ मा युक्रेन विरुद्ध रूसको अप्रत्याशित युद्ध सुरु भएदेखि विश्वव्यापी खाद्य सुरक्षा संकटको जवाफ दिन लगभग सात अर्ब ६० करोड डलर सहायता प्रदान गरेको छ।