२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु श्रीवास्तवको सुरक्षामा खतरा ! आईसीयुमा अपरिचित व्यक्ति पसेपछि…



अ+ अ-

एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तव अझै आईसीयूमा भेन्टिलेटरमा छन् । १० अगस्तमा राजु श्रीवास्तवलाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा धेरै उतारचढावहरू आएका छन् ।

प्राप्त जानकारी अनुसार हास्य कलाकारको अवस्था अझै नाजुक छ । उनको नयाँ दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, एक अज्ञात व्यक्ति राजु श्रीवास्तवको कोठामा पुगेर आईसीयूभित्र हास्य कलाकारसँग सेल्फी लिन थाले । ती मानिसलाई देखेर सबैजना डराए र हास्य कलाकारको सुरक्षाको लागि चिन्तित भए ।

अस्पतालका कर्मचारीले उक्त व्यक्तिसँग सोधपुछ गरेको छ । राजुको सुरक्षाका लागि आईसीयूबाहिर गार्डहरू तैनाथ गरिएको छ । अब अनुमतिबिना कसैलाई पनि भित्र जान दिइने छैन ।

राजु श्रीवास्तवका परिवारले भने हास्यकलाकारको स्वास्थ्यबारे जानकारी दिएका छैनन् । तर, कलाकार शेखर सुमनका अनुसार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको छ । अहिले उनको अंगले काम गरिरहेको छ ।

उनले लेखेका छन्, ‘उहाँको अंगले सामान्य रूपमा काम गरिरहेको छ। उहाँ अझै बेहोस भए पनि स्वास्थ्यमा तिब्र गतिमा सुधार भइरहेको चिकित्सकहरु बताउँछन् । महादेवको कृपा छ । हर हर महादेव ।’