१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी एकता आवश्यक रहेपनि तत्काल सम्भव छैनः झलनाथ खनाल



file
अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता आवश्यक भए पनि तत्काल सम्भवन नभएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खनालले सो कुरा बताएका हुन् ।

नेता खनालले वामपन्थी एकता आवश्यक भए पनि वामपन्थी राजनीतिक नेतृत्वले महसुश गर्नुपर्ने भन्दै तत्काल त्यो सम्भव नभएको बताए । अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरूसँग एकीकरणको सम्भावना नभएको उनको भनाई छ ।

त्यस्तै, उनले संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्यक भएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर जनताले वामपन्थीहरूलाई झण्डै दुई तिहाइको मत दिएको भएपनि नेतृत्व सही नभएकाले समस्या आएको आरोप समेत लगाए ।