११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छः पर्यटनमन्त्री

सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छः पर्यटनमन्त्री
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मालम्वीहरु एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले पशुपति परिसर आफैँमा सभ्यताको पहिचान बोकेको स्थान रहेको पनि बताउनु भयो ।

उहाँले पशुपति परिसरको व्यवस्थापन, सरसफाई र पूजा, आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिन जरुरी रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र हो । पशुपति परिसर आफैँमा एउटा सभ्यताको पहिचान बोकेको ठाउँ हो । पशुपतिले विश्वका हिन्दु धर्मालम्वीहरु आउनुपर्छ भन्ने मान्यता बोकेको छ । सरकारले त्यो खालको वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि छ । पशुपति परिसरका व्यवस्थापन, सरसफाई र पूजा आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा यहाँको मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिनुपर्छ ।

नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका संस्कृति र सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरेर मात्रै विकास गर्न सकिन्छ । पर्यटन मन्त्रालयले पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएका छौं । यसको संरक्षण र संवद्र्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्नसक्छौं । नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन सक्छौँ । नेपालमा नै रोजगारी वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लैजान सकिने मन्त्रालयले विश्वास लिएको छ ।’

मन्त्री श्रेष्ठले मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बँुदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएको बताउनु भयो । उहाँले मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण र संवद्र्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्न सकिने दाबी गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त पशुपति संग्रहालयको मर्मत सम्भार नेपाल इन्भेष्टमेण्ट बैंकले गरेको हो । बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ ।