२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै



अ+ अ-

महेन्द्रनगर । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ ।कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ ।

सञ्चय कोष शाखा कार्यालयका प्रमुख धु्रव तिवारीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ७९ सञ्चयकर्तालाई रु त्रिचालीस करोड नब्बे लाख अठासी हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताउनुभयो । त्यसैगरी दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप रु ५४ करोड ५६ लाख प्रदान गरिएको उहाँको भनाइ थियो ।“बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको सङ्ख्या बढ्दै गएको छ ।” प्रमुख तिवारीले भन्नुभयो,“सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि कोषले ल्याउने गरेको छ ।”

धितोमा आधारित कर्जा प्रवाहका लागि दायरा विस्तार कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका विभिन्न स्थानको स्थलगत अध्ययन गरी स्वीकृतिको लागि सञ्चयकर्ता कर्जा विभागमा प्रतिवेदन पठाइएको उहाँले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा २०६१ सालमा कोषको शाखा कार्यालय सञ्चालनमा आएयता यहाँका कर्मचारीले कोषको कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यतासमेत हटेको छ । त्यसैगरी गत आर्थिक वर्षमा सञ्चयकर्ताको सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार खर्चबापत कोषले एक हजार ५८३ सञ्चयकर्तालाई रु एक करोड १८ लाख भुक्तानी गरिएको छ ।

कोषले काजकिरिया अनुदान भुक्तानीबापत ५३ सञ्चयकर्ताको हकवालालाई रु एक्काइस लाख बीस हजार, दुर्घटना क्षतिपूर्तिबापत २८ सञ्चयकर्ताको हकवालालाई रु छपन्न लाख तथा कर्मचारी कल्याण योजनाबापत १३ सञ्चयकर्ताको हकवालालाई रु उन्नाइस लाख ५० हजार भुक्तानी गरेको छ । त्यसैगरी गत आर्थिक वर्षमा घर सापटीतर्फ एक सय ८९ सञ्चयकर्तालाई रु त्रिचालीस करोड छैसठ्ठी लाख, घरमर्मत सापटीतर्फ ४३ सञ्चयकर्तालाई रु सात करोड त्रिपन्न लाख, शैक्षिक सापटीतर्फ एक जनालाई रु नौ लाख ६९ हजार भुक्तानी गरिएको छ ।

जग्गा खरिद सापटीतर्फ १५सञ्चयकर्तालाई रु दुई करोड प्रवाह गरिएको छ । “ धितोमा आधारित कर्जा लिने ऋणीबाट साँवा ब्याज गरी रु अठार करोड एकचालीस लाख ८३ हजार असूल भएको छ ।” शाखा प्रमुख तिवारीले भन्नुभयो,“केवाइसी अद्यावधिकको काम पनि चलिरहेको छ ।”गत वर्ष मात्रै चार हजार छ सय उनासी सञ्चयकर्ताको व्यक्तिगत केवाइसी विवरण अद्यावधिक गरिएको कोषले जनाएको छ । केवाइसी विवरण अद्यावधिक गर्न शाखाबाट कञ्चनपुर, कैलाली र डोटीका विभिन्न कार्यालयमा कर्मचारी खटाइएको थियो । यस अवधिमा शाखा कार्यालयले कोषबाट प्रदान हुने सेवा सुविधा तथा केवाइसी सम्बन्धमा दार्चुला, बझाङ तथा कञ्चनपुर जिल्लामा चार पटक अन्तक्र्रिया गरेको थियो ।




भर्खरै